काठमाडौं-पछिल्लो समय नेपालि गित संगीत तथा सुदूरपश्चिममा चम्किएको नाम मध्ये चेतन बोहोरा एक हो । बोहोराले नेपानी गित संगीतमा धेरै गित बजारमा ल्याईसकेका छन् । उतिकै चर्चामा पनि रहेका छन् । यतिबेला फेरी चेतन बोहोरा र माया बुढाको सुमधुर स्वरमा “भैकर सोझी”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वयमको शब्द तथा संगीतमा रहेको गीतमा करिश्मा बिष्टले र्र्याप गरेकी छन् ।

बिक्रम चौहानले निर्देशन गरेको सो म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका हुन् भने मिलन बिकले सम्पादन गरेका हुन् । यो म्युजिक भिडियोमा गायक चेतन बोहोरा,करिश्मा ढकाल र टेक साउदले अभिनय गरेका छन् । चेतन बोहोराको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । बधाई अनि शुभकामना सम्पूर्ण टिमलाई । हेर्नुहोस भिडियो :