टीका सानुको घर पुग्दा सबैको रुवाबासी, कसैको मन थामिएन ! [भिडियो]

लोकदोहोरी क्षेत्रमा पछिल्लो समय निकै चर्चामा रहेकी गायिका टीका सानु लोकदोहरी पारखिको लागि मन पर्ने गायिका हुन ।
उनले केही गीतमा नृत्य समेत गरेकी छिन । टीकाले आफ्नो फेसबुकमार्फत आफूले नाच्ने प्रयास गरेको बताएकी छन् । दोेहोरीमा जमेकी टिकाको नृत्यमा पनि राम्रो क्षमता रहेको उनका सहकर्मीहरु बताउँछन् ।

 

 

अहिलेको चर्चित लोकदोहोरी गायिका हुन् टीका सानू, ‘सानै देखि गीत संगीतमा रुचि राख्दै अगाडि बढेका उनी अहिले काठमाडौंमा रहेर गीत संगीतकै बाटोमा हिडिरहेकी छिन् । ‘विशेष त लाइभ दोहोरी प्रतियोगिताहरुमा सहभागी हुँदै कहिले जीत कहिले हारको सामना गरेर अहिले आफ्नै स्वरमा धेरै गीत रेकर्डङ गरिसकेकी सानू लोकप्रिय कार्यक्रमको सञ्चालिका पनि हुन् ।,

लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ । दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् । पारिवारिक अवस्था अत्यन्तै नाजुक भएको कारणले अाफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन् । घरबाट कार्यक्रम सम्म जान पनि गाडी भाडा तिर्ने पैसा नहुँदाको पल सम्झेर आखामा आँसु रोकिँदैन….

२०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेका सानूको घर परिवारको अवस्था झनै नाजुक बन्दै गएपछि ममिलाई बिदेश सम्म पठाउनु परेको बताउँछिन् । घरमा बाकि ४ दिदिबहिनी मध्य दिदी र एक बहिनि पोइला हिँडेपछि काठमाडौंमा बसेर सांगीतिक यात्रा अगाडि बढाउन कठिन भएपछि उनी पुन: गाउँमै फर्केर गइन । घरमा दिदी बहिनी नै नभएपछि आफूलाई व्यवहारले च्याप्दै गएपछि,’अलि पछि परेपनि संघर्ष गरेर आफूलाई चिनाउन लागि मेहनत गरेको बताउँछिन् ।

भिडियो…………!