फेसबुक लाइभबाट चर्चामा आएका र युट्युब च्यानलहरुमा गरेको भविष्यवाणीबाट भाइरल बनेका युवक हुन् अर्जुन क्षेत्री । उनले पहिले त आफुलाई ज्योतिष अर्जुन क्षेत्री भन्ने गर्दथे तर नेपालको ज्योतिष परिषदले अनर्गल भविश्यवाणी गरेको भन्दै माफी माग्न लगाएपछी ज्योतिष त्यागेर आफु केवल फेसरिडर रहेको घोषणा गरेका थिए ।

नेपालमा यहि जेठ महिनाभित्र महाभुकम्प आउँने भन्दै आएका ज्योतिष अर्जुन कुमार क्षत्रीले आफुले अनुमानको भरमा उक्त कुरा बोलेको प्रहरी समक्ष बयान दिएका छन् । युट्यबमार्फत नेपालमा यहि महिना भित्र यहि विनाशकारी महाभूकम्प आउँदै छ भनि आतंक फैलाए पछि क्षत्री आज गौशाला बाट पक्राउ गरेका थिए ।

 

 

प्रहरीसँगको बयानमा उनले अनुमानको भरमा उनले उक्त कुरा बोलेको बताएका हुन् । प्रकाउ परेका क्षत्रीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । क्षत्रीले यूट्यूव भिडियोमार्फत जेठ २९ भित्र देशमा भूकम्प नआए आफू जेल जान तयार रहेको समेत बताएका थिए ।

पक्राउ परेका क्षत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर पहिलोपटक आफूलाई युवा ज्योतिष भन्दै चिनाएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । जथाभावि बोल्न थालेपछि उनीमाथि ज्योतिष महासंघले कारबाही गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ । भोजपुरको जरायोटार स्थायी घर भएका क्षत्रीले काठमाडौ‌ंको सिनामगंलमा काशि विश्वनाथ रत्न प्राली नामक ज्योतिष हेर्ने संस्था चलाउँदै आएका थिए ।

प्रहरीले सँगको प्रारम्भिक सोधपुछमा क्षत्रीले आफुले ज्योतिष शास्त्रमा मास्टर्स गरिरहेको र भारतको भोलागिरी आश्रमबाट आचार्य गरेको बताएका छन्। क्षत्रीले आफ्नै नामको ज्योतिष अर्जुन क्षेत्री नामक युट्युब च्यानलमा एक साताअघि अब देशमा ठुलो महाविपत्ती, महाभुकम्प,रक्तपात हुँदै छ शीर्षक राखेर भिडियो अपलोड गरेका थिए। भिडियो ओटिभी नेपालबाट ।