” बाबा, हाम्रो मामु कहाँ हुनुहुन्छ? ” नर्सरिमा पढ्ने छोरी काव्याले अचानक सोधेपछी म झस्किए ।
” बिदेशमा हुनुहुन्छ छोरा , हजुरको मामु” छोरिको कपाल सुम्सुम्याउदै मैले भने ।
” अब कहिले आउनु हुन्छ त मामु, मलाई धेरै चकलेट र खेल्ने कुरा ल्याइदिन भन्दिनु है त मामुलाई ” छोरीले मेरो भुडिमा बसेर घाँटिमा लात्तिले हान्दै भनी ।
” हस, अब छोराले होमवर्क गर्ने है” मैले कुरा टारे ।

खासमा मेरि छोरिले उसकी मामुलाई अनुभब नै गर्न पाएकी छैन । चिन्नै पाएकी छैन । उसले बोल्न जाने देखी मैले मामु बिदेशमा हुनुहुन्छ भन्दा उसले बिश्वास गरिराखेकी छ । छोरी फेरि साँच्चै बाठी छ,हिजो भन्दा आज, आज भन्दा भोली उ झनै चलाख हुदै छे ।

“बाबा, मामुसँग बोल्छु नि” आजपनि हिजो जस्तै छोरिले भनी ।
” मामु टाढा हुनुहुन्छ, अनि बोल्न मिल्दैन न नि त छोरा” म मेरि चलाख छोरिलाई अझै ढाट्न खोज्दै थिएँ ।
” सजित आले ( उसको स्कुलको साथी) को मामु पनि बिदेश हुनुहुन्छ रे, सधै बाबाको मोबाइलमा मामु आउनु हुन्छ रे । हाम्रो मामुलाई नि बोलाउनु न ।” छोरिको जिद्दापना बढ्दै थियो ।

अकास्मात मेरो आँखा रसाउन थाल्यो, किन किन मैले मेरि छोरिलाई अब पनि ढाटिरहन सकिन ।
” तिम्रो मामु हुनुहुन्न बाबु, उ$$$ पर भगवानको घर गैसक्नु भयो । तिमि सानो हुदाँ नै ।” मैले मन थाम्नै सकिन रुदै भने ।
“अब कहिले नि आउनु हुन्न हो ? मलाई चकलेट र खेलाउना पनि ल्याइदिनु हुन्न हो? ” छोरि ग्वाँ ग्वाँ रोई ।
” अब आउनुहुन्न बाबु, मेरो छोरोलाई म जति पनि चक्लेट खेलाउना किन्दिन्छु नि, नरोउ” म आफै छोरिलाई काखमा च्यापेर डाँको छोडेर रुन थाले ।

” कस्तो नट्टी मामु है हाम्रो , हामिलाइ छोडेर एक्लै भगवानको घर जाने ।” धेरै बेर रोएर थाकेको स्वरमा छोरिले भनी ।
“त्यस्तो भन्नु हुन्न बाबु आफ्नो मामुलाई , तिमिलाई कति धेरै माया गर्नु हुन्छ । भगवानको घरबाट छोरालाई, बाबलाई सधैं हेरिरहनु हुन्छ ।” छोरिलाई आश्वासन दिदै भने ।

एकछिन पछि छोरी रुन छाडी । बैठकभरी खेलाउनाहरु छरेर आफ्नै धुनमा खेल्न थाली । एउटा स्ट्रङ्ग ब्ल्याक कफि बनाएर म कौशिमा गए । एउटा चुरोट सल्काए ।
” आई एम सरि छोरी, तिम्रो पास्निको दिन मैले हाँकेको बाईक एक्सिडेन्ट हुँदा म बाँचे तिम्रो मामु बाँचिनन भन्ने बाहेक अरु गोप्य कुरा केहि छैन। ” एक मुस्लो धुँवा फाल्दै आँखा भरी आशु लिएर मनमनै भने ।