ललितपुरको महाँकाल गाउँपालिकामा आमाछोरी शव झण्डिएको अवस्थामा भेटिएको छ। बिहीबार बिहान महाँकाल गाउँपालिका–४ कालेश्वर बतासे डाँडामा आमाछोरीको शव फेला परेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ५ महिनाअघि मुगुबाट कालेश्वर बसाईं सरेर आएका जानी शर्मा र उनकी छोरी राधिका शर्मा रहेको प्रहरी चौकी कालेश्वरका प्रहरी सहायक निरीक्षक नागेन्द्र कुमारले जानकारी दिए । उनीहरुको हत्या वा आतमहत्या के हो भन्ने बारेमा अनुसन्धान भइरहको सहायक निरीक्षक कुमारले जानकारी दिए। ‘शवको प्रकृति हेर्दा बुधबार झुण्डिएजस्तो देखिन्छ’,

 

 

उनले भने, ‘घटनाका बारेमा थप अनुसन्धान हुँदै छ।’ अहिले घटनास्थलमा मुचुल्का उठाउने कार्य भइरहेको र थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजुकुमार खिउजूको नेतृत्वको प्रहरी टोली घटनास्थल आएको असई कुमारले जानकारी दिए।