भारतिय डान्स रियालिटी सो बाट चर्चमा आएकी तेरिया फौजा मगर अहिले निकै ब्यस्त छिन । उनी देश तथा बिदेशमा विभिन्न स्टेज प्रोग्राम लगायत विभिन्न कार्यक्रममा ब्यस्त छिन केही दिन अगाडी काठमाडौमा आईपुगेकी तेरियाले एक कभर गीत सार्बजनिक गरिन । जुन गीतले राम्रै चर्चा पायो । उनि नेपालको रुपन्देहीमा जन्मेर भारतमा तहल्का पिट्न सफल डान्सर हुन । भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स’ र ‘झलक दिखलाजा’ विजेता तेरिया फौजा मगर डान्समा मात्रै सिमित छैनन । उनि डान्सका साथै गायन क्षेत्रमा पनि अब्बल गायिका हुन् भन्दा धेरैलाई पत्यार नलाग्ला तर उनले साँच्चै मिठो गीत पनि गाउँछिन् ।

 

 

आफ्नो गायन प्रतिभालाई बेला बेलामा टिकटकमा उनले प्रस्तुत गर्दै आइरहेकी तेरियाकी पहिलोपटक कभर गीतमा आफ्नो सुरिली आवाज भरेकी हुन । उनले “तिम्रो माया बाँधेर राख” गीतको कभर गीत बनाएकी छिन् ।

सफलताको श्रेय :
तेरिया यो स्थानमा पुग्नुको सबैभन्दा बढी देन उनकै हजुरबुबाको थियो । उनलाई सानै देखि डान्स सिक्न ल्याउने, लैजाने उनै हजुरबुबाले गर्दथे । अझै भन्ने हो भने उनकै भनाई अनुसार भारतीय रियालिटी शो का लागी मुम्बई सम्म लैजाने उनै हुन । तेरियाको आफ्नै ईच्छा, चाहना र खुबी भएतापनी बाटो देखाउने काम भने हजुरबुबाले नै गरेका हुन । आज तेरियाको यो सफलताको लागि साथ दिने हजुरबुबा, हजुरआमा संगको कुराकानी हेरौ ।

कार दिएन :
भारतिय रियालिटी शोमा कार र ३० लाख दिने भन्ने जानकारी गराएतापनी कार भने दिएन । हजुरबुबा भन्छन्, कारको मोडल सहित भनेको थियो तर कार भने दिएन । तर ३० लाख भने प्राप्त गरेको बताउछन् ।

तेरियाको कोठा :
अहिले दिदिबहिनी र आमाबुबा सहित परिवारका ४ जना मुम्बईमा बस्दै आएका छन । तर उनको घरमा हजुरबुबा, हजुरआमा रहेका छन । उनको कोठा अझै पनि उस्तै सजिएका छन । कोठा हेर्दा लाग्छ उनले जित्न बाकी कुनै पनि उपाधी छैन । कोठाभरी प्रमाणपत्र, मेडल, शिलले भरिएको छन । सजाउन अटे जति सजाएर अरु यत्तिकै राखिएका छन । आउनुहोस आज उनकै हजुरबुबा, हजुरआमा संगको कुराकानी र उनको पुरस्कारले सजिएको कोठा हेरौ ।